हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेमा आगोले पोलेर ९ महिने बालिका घाइते भएकी छिन् । शुक्रबार बिहानको ९ बजेको समयमा घर भित्र खेल्ने क्रममा नजिकै रहेको चुल्होमा परेर ९ महिनाकी सफलता प्रजा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बालीकालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ भने अवस्था मध्यम रहेको छ ।