हेटौँडा : मानव धर्म सेवा समितिको आयोजनामा बृहत रक्तदान कार्यक्रम भएको छ। हेटौँडा एकमा भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम विश्व शान्ति दिवस तथा परमपुज्य सद्गुरुदेव श्री सतपताली महाराजको जन्मोत्सवको अवसरमा आयोजना भएको थियो । कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौडाको प्राविधिक सहयोग रहेको थियो ।










