हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–११, थानाभर्याङबाट लागूऔषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ ।
आइतबार राती १२ बजेर २५ मिनेटको समयमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध ट्रामाडोलसहित २३ वर्षीय अजय रिजाललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अजयको साथबाट प्रहरीले २ सय २५ क्याप्सुल लागूऔषध ट्रामाडोल बरामद गरेको जनाएको छ । अजयलाई हिरासतमै राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।











