हेटौँडा : ब्रहमकुमारी राजयोग केन्द्र हेटौँडाको आयोजनामा शुक्रबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ११४ जनाले रक्तदान गरेका छन् । विश्व बन्धुत्व दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्मकुमारी राजयोग केन्द्रले देशभरका केन्द्रमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । आइतबार मनहरीमा पनि ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यसअघि बिहीबार युवा संघ मकवानपुरले आयोजना गरेको कार्यक्रममा २ सय ७४ जनाले रक्तदान गरेका थिए । बिहीबार संकलित रगत मध्ये १ सय युनिट रगत सिराहा जिल्लास्थित रक्तसञ्चार केन्द्र लहान पठाइएको छ ।










