हेटौँडा : जेसीआई हेटौँडाले हेटौँडा–१, भैरवडाडास्थित भैरव आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ ।
सृजन राज बज्राचार्यले संयोजन गर्नु भएको कार्यक्रम जेसीआई हेटौँडाका अध्यक्ष पंकज दास बनियाँको सभाअध्यक्षतामा सम्पन्न भएको हो । ४३ सेट टि-सर्ट तथा टाउजर वितरण गरिएको छ । पोशाक वितरण कार्यक्रममा नेपाल जेसीजका महासचिव विकेश लाल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक हुद्धत बहादुर दर्लामी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल सुनुवारको पनि उपस्थिति रहेको थियो ।










