हेटौँडा : नेकपा एमालेको भातृ संगठन युवा संघ मकवानपुरले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
युवा संघ मकवानपुरको आयोजनामा आज बिहीबार हेटौँडाको हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रगतको अभावमा रहेकाहरूलाई जीवन दिने अभियानका साथ कार्यक्रम गर्न लागिएको युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले बताउनु भयो । आज बिहान ६ः३० बजेबाट हुप्रचौरमा वृहत रक्तदान कार्यक्रम हुनेछ ।










