व्याट र कक हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरप्रमुख विष्णु विष्ट ।

हेटौँडा : थाहा नगर व्याड्मिन्टन संघको आयोजनामा मकवानपुरको थाहा नगरपालिकामा छैठौं संस्करणको उपमेयर कप नगरस्तरीय व्याड्मिन्टन प्रतियोगिता सुरु भएको छ । शनिबार बिहान थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो ।

प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । सोमबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टिमले १२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने सेमीफाइनलमा पराजित हुने दुईवटा टिमले ६ हजार ५ सय नगद प्राप्त गर्नेछ । थाहा नगरपालिका–३, क्याम्पाडाँडास्थित कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन समारोहमा उपमेयर भरत गोपालीको पनि आतिथ्य रहेको थियो । प्रतियोगिता लिग–कम–नकआउट प्रणालीमा सञ्चालन गरिने बताइएको छ ।