नाबालिकामाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेकी सुन्तली तामाङ ।

हेटौँडा : ६ वर्षीया सौतेनी छोरीलाई कुटपिट गरेको अभियोगमा मकवानपुर प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–९, रजैया घर भई हाल हेटौँडा–३, बसामाडी बस्ने २४ वर्षीया सुन्तली तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ ४ बजे सौतेनी छोरीलाई कुटपिट गरेको भन्ने जाहेरीका आधारमा प्रहरीले सुन्तलीलाई बिहीबार बसामाडीबाटै पक्राउ गरिएको जनाएको छ । सुन्तलीलाई बालबालिका सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।