सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको माडी नगरपालिका–३, सिमरामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रतनी बस्ने ५५ वर्षीय सुकल चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चौधरी शनिबार बिहान काम गरेको ठाउँमा पैसा लिन जान्छु भनी घरबाट हिँडेका थिए । आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा चौधरी रिउ खोलाको छेउमा रहेको काँसघारीमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।