विद्यार्थीलाई व्याग हस्तान्तरण गरिँदै ।

हेटौँडा : हेटौँडा अटो मोवाइल्स एसोसिएसनको ३०औं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई स्कूल व्याग सहयोग गरिएको छ । हेटौँडा–९ स्थित त्रिवेणी आधारभूत विद्यालयमा अध्ययनरत एक सय जना विद्यार्थीलाई स्कूल व्याग सहयोग गरिएको हो ।

शुक्रबार एसोसिएसनका अध्यक्ष ऋषिकुमार ढकालको अध्यक्षता तथा वडा सदस्य विष्णु राना मगरको प्रमुख आतिथ्यमा विद्यालय परिसरमै एक कार्यक्रमका बीच विद्यार्थीलाई व्याग हस्तान्तरण गरिएको हो । सुजन उप्रेतीको संयोजनमा सहयोग कार्यक्रम भएको हो । सहयोेग हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सुशीला पौडेलको पनि उपस्थिति रहेको थियो ।