राधिका दासीसँग एक सहयोगी ।

हेटौँडा : हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा आयोजित शिव महापुराण सम्पन्न भएको छ । बैशाख २ गतेबाट राधिका फाउण्डेसनले आयोजना गरेको ११ दिने शिव महापुराण आइतबार सम्पन्न भएको हो । महापुराणमा ५६ लाख २७ हजार १ सय ७२ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

पुराणको पहिलो दिन २१ हजार रुपैयाँ प्राप्त भएको राधिका फाउण्डेसनकी संचालक तथा कथा वाचिका राधिका दासीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यस्तै, दोस्रो दिन ७२ हजार २ सय ५६ रुपैयाँ, तेस्रो दिन ९६ हजार २ सय ९० हजार, चौथो दिन ३ लाख ६९ हजार २ सय ३, पाँचौ दिन २ लाख ५२ हजार १ सय ५३ रुपौयाँ, छैठौँ दिन ४ लाख १६ हजार ५ सय रुपैयाँ, सातौं दिन ३ लाख ८८ हजार ५ सय ८४ रुपैयाँ, आठौं दिन २ लाख ७ हजार २ सय ८८ रुपैयाँ, नवौँ दिन ६ लाख ८५ हजार ४ सय ५३ रुपैयाँ, दसौँ दिन ५ लाख ७५ हजार ६५ रुपैयाँ र अन्तिम दिन १ लाख ५३ हजार ५ सय ३९ हजार गरी जम्मा ३४ लाख २७ हजार १ सय ७२ रुपैयाँ नगद सहयोग प्राप्त भएको फाउण्डेसनका संचालक दासीले बताउनुभयो ।

खाद्यान्नमा १ लाख १८ हजार ९ सय, गुरु दक्षिणा र कलाकारमा ८ लाख, प्रचारप्रसार तथा स्वयम्सेविकामा ५३ हजार र टेन्टमा ९ लाख खर्च भएको बताउनुभयो । कथावाचिका दासीले हेटौँडाले अविस्मरणीय माया दिएको बताउनुभयो । सो पुराणले हेटौँडावासीलाई अझ धर्मप्रति मन केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।