हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपालिका–१२, कपता भञ्ज्याङमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोक्राङका ३९ वर्षीय रबिन प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार बेलुका ७ बजेको समयमा भित्री सडकखण्डमा लोथर खोलाबाट बोक्राङतर्फ बिजुलीको पोल लिएर जाँदै गरेको ग १ त ४५८४ नम्बरको ट्याक्टरबाट खसेर प्रजाको घटनास्थलमानै मृत्यु भएको थियो । ट्याक्टर चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–६, का वर्षीय सन्त थिङ फरार भएकाले खोजी कार्य भइरहको प्रहरीले जनाकारी दिएको छ ।