नवनिर्वाचित फोनिज बागमती प्रदेश समिति ।

हेटौँडा : आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिमा पुनः युवराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । रामेछाप जिल्लामा सम्पन्न तेस्रो अधिवेशनबाट शनिबार बिहान नयाँ समिति गठन भएको हो । प्रदेश अध्यक्षमा रामेछापका श्रेष्ठ दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

फोनिज बागमती प्रदेश समितिमा मकवानपुरका दिलबहादुर लामा, निशा गुरुङ र अशोकसुजन श्रेष्ठ पनि निर्वाचित भएका छन् । प्रदेश समितिको उपाध्यक्षमा दिलबहादुर, महिला सचिवमा निशा र लेखा समिति संयोजकमा अशोकसुजन निर्वाचित भएका हुन् । फोनिज बागमती प्रदेश समितिमा महिला उपाध्यक्षमा अनिता डंगोल, महासचिवमा राजु नापित, संस्थागत सचिवमा हिरालाल गुरुङ्ग, कोषाध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन् ।

फोनिज बागमती प्रदेश समितिको सदस्यमा वावुकाजी श्रेष्ठ, उद्भव कुमार श्रेष्ठ, मानकाजी तामाङ्ग, रत्नकाजी प्रजापती, रवि महर्जन, जर्नेल घले, तेज नाहिरिङ्ग राई, श्यामलाल लामा, विशाल राज राई चयन भएका छन् । लेखा समिति सदस्यमा निर बहादुर तामाङ्ग, अनुशासन समिति सदस्य प्रदिप कुमार श्रेष्ठ, संघीय प्रतिनिधिमा सरस्वती श्रेष्ठ, राजेश रुम्बा लामा, श्याम राना मगर निर्वाचित भएका छन् ।