हेटौँडा : हेटौँडा–११, नवलपुरमा रुखबाट लडेर एक जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा ३७ वर्षीय हिरालाल गिरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंगलबार बिहान ११ बजेको समयमा हिरालाल बडरको रुखमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका थिए । घाइते हिरालालको सिएमसि चुरेहिल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर प्रहरीले जानकारी दिएको छ ।