हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, अदुवाबारीमा घरधनीको आँखामा खुर्सानीको धुलो छरी चोरी प्रयास गर्ने एक पुरुष घरधनीको प्रतिकारमा परेर मृत्यु भएको छ। मृत्यु हुनेमा सोहि ठाउँका ३९ वर्षीय भरत कुमार भ्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बिहीबार राती ८ बजेको समयमा ६३ वर्षीय मीनबहादुर भ्लोन र ६४ वर्षीया देवीमाया भ्लोन घरमा खाना खाइरहेको दम्पतिको आँखामा खुर्सानीको धुलो छरी भ्लोनले चोरीको प्रयास गरेका थिए । चोरीको प्रयास गर्दा भान्छामा रहेको सामानले प्रतिकार गर्दा पुरुषसहित श्रीमान र श्रीमती घाइते भएका थिए । घाइते मीनबहादुर र देवीमायाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उपचारको क्रममा भ्लोनको शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।