लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका अमन प्रजा ।

हेटौँडा : लागूऔषध खैरो हेरोइन ५७० मिलि ग्रामसहित हेटौँडाबाट एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ५ बजेर २१ मिनेटको समयमा प्रहरीले प्रजालाई हेटौँडा–१, चौकीटोलबाट २० वर्षीय अमन प्रजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रजालाई पक्राउ गरेको बताइएको छ । मनहरी गाउँपालिका–४, मसिने घर भई हाल हेटौँडा–२ चौकीटोलमा डेरा गरी बस्ने प्रजालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रजालाई हिरासतमै राखेको छ ।