हेटौँडा : धादिङ जिल्लाको धुनिवेशि नगरपालिका–९, तिनतिरेधारामा टिपरसडकबाट खस्दा चालकको मृत्यु भएको छ । शनिबार बिहान त्रिभुवनराजपथमा खत्रिपौवाबाट खानिखोला तर्फ आउँदै गरेको बा २ क ४८८० नम्बरको खाली टिपर सडकबाट ९० मिटर तल खस्दा चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा चालक मकवानपुरको इन्द्रसरोवार गाउँपालिका–१, सेराका २२ वर्षीय प्रदिप थिङ घाइते भएका थिए । घाइते थिङलाई उपचारका लागि टिचिङ अस्पताल काठमाण्डौं लगिएकोमा उपचारको क्रममा बिहान २ बजेर १५ मिनेटको समयमा क्रममा डाक्टरले मृत्यु घोषण गरेको प्रहरीले जानकारी दिएको छ ।