एक सिंगे गैँडा । फाइल तस्वीर ।

हेटौँडा : चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका–९, च्यात्राङखोलामा गैंडाको आक्रमणमा परी राप्ती नगरपालिका–३, झुरझुरेका २६ वर्षीय राजकुमार बिश्वकर्माको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बुधबार दिउँसो ३ बजेको समयमा ट्याक्टरमा ढुङ्गा लोड गरिरहेका राजकुमारलाई गैंडाले आक्रमण गरेको थियो । कोखामा चोट लागेर गम्भीर घाइते भएका राजकुमारलाई भरतपुर अस्पताल पठाइएको थियो । राजकुमारको उपचारको क्रममा बुधबार ४ बजेर ३९ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।