हेटौंडा: बुधबार अनुगमनको क्रममा हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरीले बालश्रमिकको उद्दार गरेको छ । हेटौंडा–९ स्थित माछा पसलबाट १४ वर्षीय र हेटौंडा–४ स्थित एक मोटर वर्कसपबाट १६ वर्षीय बालकको उद्दार गरिएको बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । यसअघि पुस महिनामा ४ जना बालश्रमिकको उद्दार गरिएको उहाँले बताउनुभयो ।