हेटौँडा ः मकवानपुरको बागमती गाउँपालिका–७, लामिटारमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री घाइते भएका छन् । आइतबार राती ९ बजेर ३५ मिनेटको समयमा मदन भण्डारी लोकमार्गमा झुरझुरेबाट फापरबारी तर्फ आउँदै गरेको बा प्र ०२–०३० प १३७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री र चालक दुवै घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मोटरसाइकलको ठक्करबाट बागमती गाउँपालिका–६, पिप्लेकी ३२ वर्षीया ज्ञानीमाया सिंतान र चालक बागमती गाउँपालिका–७, मन्साईका २८ वर्षीय सुदर्शन लोप्चन घाइते भएका थिए । घाइते दुवैको स्थानिय सान्भी मेडिकल फापरबारीमा सामान्य उपचार पश्चात थप उपचारका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।