हेटौंडा: हेटौंडा–१८ ठूलोदमारस्थित वैदिक वानप्रस्थ आश्रम वैदिक संस्कृत गुरुकूललाई रुद्रप्रसाद/विष्णुकुमारी स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । शनिबार बसेको रुद्रप्रसाद/विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोषले आश्रमलाई नगद ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

हेटौंडा–४ स्थित रुद्रप्रसाद/विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोषका संयोजक आरसी रिजालले आउँदो चैत महिनाको अन्त्यतिर पुरस्कार समर्पण गरिने जानकारी दिनुभयो । आश्रममा करिब २० जना विद्यार्थी आश्रित छन् । जसमा १५ जना दलित समुदायका विद्यार्थी हुनुहुन्छ । यसअघि आँचल साहित्य कलापुञ्ज मकवानपुर र नवसर्जक साहित्य चौतारीलाई उक्त पुरस्कार गरिएको छ ।