नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल

हेटौँडा ः नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले एमाले कांग्रेसको महागठबन्धन बनेदेखि देशमा अशान्ति भइरहेको बताउनुभएको छ । वर्तमान सरकारका साझेदारहरु गठबन्धन टिक्छ वा टिक्दैन भनेर आतङ्कित बनिरहेको उहाँले बताउनुभयो ।

शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा बोल्दै निवर्तमान मुख्यमन्त्री समेत रहेका नेता जम्कट्टेलले सरकार अध्यादेशबाट मुलु चलाउन खोजिरहेको बताउनुभयो । सरकारी जग्गा हडप्ने, सहकारीको रकम अपचलनका घटना लुकाउने, गलत प्रवृत्ति गर्नेलाई जोगाउने तर्फ सरकार उद्धत्त रहेको उहाँले बताउनुभयो ।

‘उहाँहरु भनिरहनु भएको छ, राजनीतिक स्थिरताको लागि यो गठबन्धन बनेको हो र यो सरकार ढल्दैन । तर, सरकार आतङ्कित भइरहेको छ ।’ उहाँले भन्नुभयो, ‘वर्तमान गठबन्धन भ्रष्टाचारी जोगाउने, सार्वजनिक जग्गा हडप्ने तर्फ अग्रसर छ । वर्तमान सरकार कानुन बनाएर गिरिबन्धु टि स्टेटको जग्गा व्यक्तिको बनाउने काममा केन्द्रीत छ । प्रदेशका मन्त्री र सांसदहरु सहकार ठगीमा जोडिदा सरकारले देखे नदेखै गर्न मिल्दैन । त्यस विषयमा छानविन गर्न पर्दैन ?’

सरहकारी अध्यादेश वदनियतपूर्ण रुपमा आएको उहाँले बताउनुभयो । देश आन्दोलनको दिशामा उन्मुख भइरहेको उहाँको भनाई छ । सरकार आम नागरिक प्रति उदार बन्न नसकेको उहाँले बताउनुभयो ।