सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन जिल्लाको कालिका नगरपालिका–७, मा रुखबाट लडेर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ वर्षीय माईला थापा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

माग ६ गते आइतबार दिउँसो १ बजेको समयमा कालिका जंगलमा घास काट्न जाने क्रममा टाटरीको रुखबाट लडेर थापा घाइते भएका थिए । घाइते थापालाई उपचारका लागि सरकारी अस्पताल भरतपुरमा लगिएको थियो । उपचारको क्रममा सोमबार बिहान ८ बजेको समयमा थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।