हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाका ११ हजार १ सय ६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिँदैछ । उपमहानगरपालिकाले ७ किसिमको सामाजिक सुुरक्षा भत्ता वितरण गर्ने हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरपालिकाले आज सोमबारबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्दैछ ।
हेटौंडा उपमहानगरका ५ हजार ५ सय ५७ जनाले ज्येष्ठ नागरिक भत्ता पाउ“छन् । ३ हजार ९५ जनाले ज्येष्ठ नागरिक दलित भत्ता पाउँछन् भने एकल महिला भत्ता २२ जनाले, विधवा महिला भत्ता ४ हजार ३५ जनाले, पूर्ण अपाङ्गता भत्ता १ सय ८१ जनाले, अति अशक्त अपाङ्गता भत्ता ३ सय ८६ जनाले र दलित बालपोषण भत्ता ५ सय ४० जनाले पाउनेछन् । उपमहानगरपालिकाले चौमासिक रुपमा ज्येष्ठ नागरिक भत्ता प्रतिव्यक्ति १२ हजार, जेष्ठ नागरिक दलित भत्ता ८ हजार, एकल महिला भत्ता ८ हजार, पूर्ण अपाङ्गता भत्ता १२ हजार, अति अशक्त अपाङ्गता भत्ता ६ हजार ४ सय र दलित बालपोषण भत्ता १ हजार ६ सय प्रदान गर्दै आएको तिमल्सिनाले जानकारी दिनुभयो ।
उहा“का अनुसार वडा नम्बर १ मा सामाजिक सुरक्षा भत्ता लिने जम्मा नागरिक ४ सय ९७ जना, वडा नम्बर २ मा ५ सय १५ जना, वडा नम्बर ३ मा ५ सय २९ जना, वडा नम्बर ४ मा ७ सय ८ जना, वडा नम्बर ५ मा ७ सय ३७ जना, वडा नम्बर ६ मा ५ सय १ जना, वडा नम्बर ७ मा ३ सय ९२ जना, वडा नम्बर ८ मा ५ सय ४५ जना, वडा नम्बर ९ मा ६ सय १३ जना, वडा नम्बर १० मा ३ सय ५३ जना, वडा नम्बर ११ मा ५ सय ७४ जना, वडा नम्बर १२ मा ८ सय ४२ जना, वडा नम्बर १३ मा ६ सय ५१ जना, वडा नम्बर १४ मा ४ सय ७१ जना, वडा नम्बर १५ मा ६ सय ४९ जना, वडा नम्बर १६ मा ५ सय ८७ जना, वडा नम्बर १७ मा ६ सय १३ जना, वडा नम्बर १८ मा ७ सय ४३ जना र वडा नम्बर १९ मा ५ सय ८३ जना रहेका छन् । उपमहानगरपालिकाले साविकका ११ वटा वडामा बैंकमार्फत र अन्य वडामा सामाजिक सुरक्षाभत्ता वडा कार्यालयमै वा घरदैलो गरेरै वितरण गर्ने गरेको छ ।