परीक्षामा सहभागी विद्यार्थी ।फाइल तस्वीर ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकामा बिहीबारबाट अर्धवार्षिक परीक्षा सुरु भएको छ । परीक्षाको पहिलो दिन ७ हजार ५ सय जना परीक्षार्थी परीक्षामा सम्मिलित रहेको गीतावर आधारभूत विद्यालयका प्रधानाध्यापक हरिहर खनालले जानकारी दिनुभयो ।

गाउँपालिका अन्तर्गतका ७६ वटा सामुदायिक विद्यालय रहेका छन् । परीक्षा पुस १२ गतेसम्म सञ्चालन हुनेछ । बकैया गाउँपालिकामा ५३ वटा प्राथमिक विद्यालय, ११ वटा निम्न माध्यमिक र १२ वटा माध्यमिक तहका विद्यालय छन् । चालु शैक्षिक सत्रमा बकैया गाउँपालिकाका ७६ वटा विद्यालयमा ८ हजार ३ सय ८३ जना विद्यार्थी भर्ना भएकोमा दोस्रो त्रैमासिक परीक्षामा ७ हजार ५०० जना विद्यार्थी मात्रै परीक्षामा सम्मिलित भएका छन् ।