हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको एक विद्यालय र एक क्याम्पसलाई हेटौंडा–१५ चुरियमाईमा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले सहयोग गर्ने भएको छ । मनहरीस्थित महेन्द्र किरण माध्यमिक विद्यालय र मनहरी बहुमुखी क्याम्पसलाई सहयोग गर्ने भएको हो ।
उद्योगले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी ३ वर्षसम्म वार्षिकरुपमा महेन्द्र किरण माध्यमिक विद्यालयलाई ४ लाख रुपैयाँ र मनहरी बहुमुखी क्याम्पसलाई १ लाख रुपैयाँका दरले सहयोग गर्ने बताइएको छ । मनहरी ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेतीको उपस्थितिमा उद्योगले विद्यालय र क्याम्पसलाई सहयोग गर्ने सहमति गरेको हो । सहयोग सम्बन्धी सम्झौता नै भएको छ ।