दुर्घटनाग्रस्त ट्रिपर ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–५, झाक्रीडाँडामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान ८ बजेर १५ मिनेटको समयमा निर्माणाधिन काठमाडौं–तराई/मधेश द्रुतमार्गमा (फास्ट ट्रयाक सडकखण्ड) मा हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्रावेल लोड लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहर िकार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परेर ट्रिपर चालकको चितवनका ४२ वर्षीय सानु लो तामाङको मृत्यु भएको छ । ट्रिपरमा च्यापिएर घटनास्थलमै तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।