हेटौँडाः धादिङ जिल्लाको गल्छी गाउँपालिका–७, बाईसकिलोमा भारतीय डिब्बा गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ सिद्धलेक गाउँपालिका–१ बस्ने ३८ वर्षीया निरमाया राना मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार साँझ ५ बजेर ४० मिनेटको समयमा काठमाण्डौबाट गजुरी तर्फ आउँदै गरेको एम एच ४६ बीएम १७६२ नम्बरको भारतीय डिब्बा गाडीले ठक्कर दिँदा मगर घाइते भएकी थिइन् । घाइते मगरलाई उपचारका लागि अम्बेभरोसा अस्पताल लगिएको थियो । सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाण्डौ टिचिङ अस्पताल लगिएकोमा राती ८ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।