नयाँ समिति चयनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून) को चौथो वार्षिक साधारणसभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । शुक्रबार काठमाडौंमा भएको साधारणसभाले आगामी चार वर्षका लागि अध्यक्षमा उद्धव सापकोटा र उपाध्यक्षमा मकवानपुरकी कल्पना श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष समेत हुनुहुन्छ ।

प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा जिवसराज खड्का, महासचिवमा गोविन्दप्रसाद काफ्ले, सचिवमा ठाकुरप्रसाद बास्कोटा र कोषाध्यक्षमा प्रदिप थापा चयन हुनुभएको छ । त्यस्तै सञ्चालकहरुमा लेमन श्रेष्ठ, कृष्ण गोविन्द लाखाजु, विकास बादे, हरिशचन्द्र सुवेदी, नवराज शर्मा, निर्मला धिताल, जगन्नाथ दाहाल, कृष्णहरि कोईराला, हेमबहादुर कार्की, भवानी देवी अधिकारी र शान्त लक्ष्मी खड्की चयन भएका छन् ।

लेखा समिति संयोजकमा देवप्रसाद त्रिपाठीसहित दुबै समिति सर्वसम्मत चयन गरेको हो । लेखा समिति सदस्यहरुमा कमला खनाल बोगटी र सरस्वती कतिला चयन हुनुभएको छ । साधारणसभाको अवसरमा मकवानपुरकी सहकारी अभियन्ता राधा सिन्तान र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी व्यवस्थापक सुमित्रा वाईबा उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित हुनुभएको छ । दुबैजनालाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।