हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–१, सौराहाचोकमा घरको छतबाट हामफाली घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ घर भई हाल सौराहा बस्दै आएका ४६ वर्षीय घनश्याम सुवेदी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार बिहान १ बजेर ४५ मिनेटको समयमा सुवेदी घरको ४ तलाबाट हाम फाल्दा टाउको र अनुहारमा चोट लागि गम्भीर घाइते भएका थिए । घाइते सुवेदीलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा शुक्रबार राती २ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको थियो । हाम फाल्नुको कारण नखुलेको र सुवेदीले अत्याधिक मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।