नयाँ समिति चयनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौंडाः हेटौंडा–९ स्थित केदारेश्वर महादेव मन्दिर संरक्षण समितिको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष माधव अधिकारीको अध्यक्षता तथा वडा अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

साधारण सभाबाट कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन भएको छ । समितिको उपाध्याक्षमा सिमा बराल, सचिवमा मेघराज घिमिरे, कोषाध्यक्ष प्रभा बराल र सदस्यहरुमा मन्जु सुवेदी, विजय अधिकारी, कल्पना बस्नेत, तारा प्याकुरेल आवद्ध हुनुहुन्छ । साधारण सभाले संस्थाका कोषाध्यक्ष गोकुल पौडेलद्वारा प्रस्तुत आय–व्यय सर्वसम्मत पारित गरेको छ । संस्थाको विधानसमेत संशोधन गरेको थियो । कार्यक्रममा मन्दिरको उन्नति प्रगतिमा योग्दान पुर्याउनु हुने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।