पूर्वविद्यार्थीको भेलाबाट तदर्थ समिति गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालय (प्रविधिक शिक्षलय) ले प्रथम पूर्वविद्यार्थी भेला भएको छ । बुधबार विद्यालयमै भएको भेलामा २०५३ सालदेखि २०७५ सालसम्मका पूर्व विद्यार्थीको सहभागिता रहेको थियो । भेलाले छवि कुमार राईको संयोजकत्वमा पूर्वविद्यार्थीको तदर्थ समिति गठन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक उद्धव सापकोटाले जानकारी दिनुभयो ।

भेलाबाट समिति निर्माण गरी स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूृर्ण विद्यार्थीहरुद्वारा विद्यालयको आर्थिक, भौतिक र शैक्षिक सुधारका लागि कसरी पहल गर्ने भन्ने विषयमा छलफल भएको छ । भेलामा ५० जना विद्यार्थीको उपस्थिति रहेको थियो । विद्याययको सुधारका निम्ति कसरी औपचारिक रुपमा सहयोग गर्न सकिन्छ भन्ने भेलाको उद्देश्य रहेको थियो । तदर्थ समितिको सचिवमा हरिप्रसाद दहाल चयन हुनुभएको छ । यस्तै सदस्यमा सुवास खनाल, चिरन्जीवि लामिछाने, रेनुका फुयाल, रविन्द्र चौलागाई, विश्वनाथ सञ्जेल, विमल नेपाल, रामचन्द्र खडका, कृष्ण पुडासैनी र रन्जु चौलागाई चयन हुनु भएको छ ।

तदर्थ समिति निर्माणपछि आउँदो माघ १७ गते पूर्वविद्यार्थीको वहृत भेला गरिने सहायक प्रधानाध्यापक सापकोटाले बताउनुभयो । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम गौतमको सभाध्यक्षता, विद्यालयका प्रधानाध्यापक देवकी सिग्देल, कार्यबाहक वडा अध्यक्ष विजय भोलोन, विद्यालयका शिक्षक तथा अभिभावकको उपस्थिति रहेको थियो । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा ६ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।