हेटौँडाः सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–१, बर्जेटोलबाट एक किलोमिटर पश्चिमतर्फ देउराली सामुदायिक वनमा सालनालसहितको एक नवजात शिशु भेटिएको छ ।

बुधबार साँझ साढे ५ बजेको समयमा नवजात शिशु भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । नवजात शिशु कसले छाडेको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जनप्रतिनिधिको उपस्थितिमा प्राथमिक स्वास्थ्य केन्द्र तिपेनीसँग समन्वय गरी नवजात शिशुलाई अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।