बुवा मेरो प्राण
बुवा हात समाएर हिँड्न सिकाउनु भयो
आफू भोकै बसी मलाई खुवाउनु भयो
आफ्नो पहिचान मलाई दिनुभयो
मलाई यस दुनियाँमा चिनाउनु भयो
आफ्नो सपनालाई त्यागेर
सपना मेरो पूरा गर्नुभयो
दिनरात आफू मिहेनत गरेर
एक सफल व्यक्ति बन्न मलाई सहयोग गर्नुभयो
सबै दुनियाँका खेलौना हजुरले मलाई दिनुभयो
मेरो जिन्दगी मलाई हजुरले सजाउनुभयो
आकाश भन्दा माथि हजुरको स्थान छ
मेरो जिन्दगीमा हजुरको भूमिका धेरै महान छ
कक्षा–७, सिद्धार्थ शिशु सदन, हेटौँडा–५