हेटौँडाः श्री कृष्ण प्रणामी युवा परिषद् मुलमिलावा धाम हेटौँडा उपमहानगरपालिका–६, गौरीटारको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । बिहिबार बिहान हेटौँडा–६, गौरीटारस्थित प्रणामीचोकमा भएको कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा ३ जना महिला र २६ जना पुरुषले रक्तदान गरेका रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । परिषद्ले कृष्ण प्राकट्य उत्सव २०८१ को अवसरमा साताव्यापी कार्यक्रम गरिरहेको छ । परिषद्का केन्द्रिय उपाध्यक्ष प्रमोद वाग्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष प्रदिप बास्तौलाको सभापतित्व रहेको थियो । कार्यक्रममा केन्द्रिय सदस्य ईश्वर खतिवडाको विशिष्ट आतिथ्य रहेको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।
यस्तै, शनिबार हेटौंडा–४ को कृष्ण मन्दिरमा रक्तदान कार्यक्रमको आयोजना गरिर्दैछ । आईतबार रोटरी क्लब अफ हेटौँडाले रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।