हेटौंडाः नेकपा एमाले निकट व्यवसायी संगठन नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा नरेन्द्र भण्डारी चयन हुनुभएको छ । मंगलबार पार्टी कार्यालयमा सम्पन्न पहिलो अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । भण्डारी हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्षसमेत हुनुहुन्छ ।
भण्डारीको अध्यक्षता ९ सदस्यीय जिल्ला समिति चयन गठन भएको छ । समितिको उपाध्यक्षमा सजित कार्की, सचिवमा चेत बहादुर थापा र कोषाध्यक्षमा देवकृष्ण विक चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा धुर्व सिंह पाख्रिन, सुरज कार्की, सुनित आचार्य, रमेश आचार्य र विष्णु सिलवाल चयन हुनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, प्रदेश सदस्यहरु रघु खुलाल, एकालाल श्रेष्ठ र जिल्ला अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा र सचिव सीता विष्ट लगायतको आतिथ्यता रहेको थियो ।