हेटौंडाः नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बाढी पहिरो प्रभावित नागरिकको उद्धार र राहत वितथरण कार्य व्यवस्थित गर्न आग्रह गर्नुभएको छ । विपद् प्रभावित नागरिकको जीवन रक्षा, उद्धार तथा राहातको कार्यलाई व्यवस्थित गर्न उहाँले आग्रह गर्नुभएको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्नुहुँदै सभापति बानियाँले बाढी पहिरो प्रभावित क्षेत्रमा मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारहरुले आवश्यक समन्वय र योजनाका साथ सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको हो । बाढी पहिरोबाट सम्पर्कविहिनहरुको खोजी तीव्र बनाउन, पीडित परिवारलाई तत्काल राहात उपलब्ध गराउँदै घाइतेहरुलाई उपचारको व्यवस्था गरी यस प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा नागरिकले सहज जीवनयापन गर्नसक्ने व्यवस्था मिलाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

सभापति बानियाँले प्रदेशभित्रका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्यहरु एवम्ं सम्पूर्ण सांगठानिक संरचनाका पदाधिकारीहरुलाई प्रभावित जिल्लाका सम्पूर्ण स्थानहरुमा पुगी उद्धार तथा राहातमा खटिएका सरकारी संयन्त्रलाई विशेष सहयोग गर्न आग्रह पनि गर्नुभयो । सहयोग गर्दै बाढी, पहिरो तथा डुबानमा परेका र पर्नसक्ने थप जोखिमका क्षेत्रको पहिचान गर्दै सुरक्षित क्षेत्रमा स्थानान्तरण गराउने कार्यमा यथाशीघ्र खटिन उहाँले उहाँले अपिल गर्नुभएको छ ।

गत जेठ २८ गतेदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढी पहिरो जस्ता प्राकृतिक विपदमा परी बागमती प्रदेशमा ६ जनासहित देशभर ८८ जनाको ज्यान मृत्यु भएको छ । केही घाइते भएका छन् भने केही अझै बेपत्ता छन् । सभापतिले यस प्रकोपमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।