हेटौंडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ को चालु आर्थिक बर्षमा विनियोजित बजेटमध्ये २ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ । वडा सचिव महेन्द्र चापागाईका अनुसार असार महिनासम्ममा कुल विनियोजित बजेटमध्ये २ करोड ८९ लाख १४ हजार १ सय १४ रुपैयाँ खर्च भएको हो ।

वडामा चालु आर्थिक वर्षका लागि ३ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा संघीय सरकारबाट समानीकरण अनुदानमा प्राप्त बजेट नगरपालिकाले बाँडफाँड गर्दा पुँजीगततर्फ ५० लाख ५० हजार रुपैयाँ प्राप्त भएकोमा ४३ लाख ५२ हजार ६ सय रुपैयाँ निकासा भई ३९ लाख ५६ हजार ८ सय ५० रुपैयाँ खर्च भएको छ । यस्तै, बागमती प्रदेश सरकारबाट समानीकरण अनुदानअन्तर्गत ५ लाख बजेट प्राप्त भएकोमा ४ लाख ९५ हजार २ सय ४० रुपैयाँ खर्च भएको छ ।

प्रदेश सरकार राजस्व बाँडफाँडतर्फ चालुतर्फ ५ लाख र पुँजीगततर्फ १ करोड ३७ लाख ५० हजार गरी १ करोड ४२ लाख बजेटमध्ये १ करोड १५ लाख निकासा भएकोमा १ करोड १३ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, संघीय सरकारबाट राजस्व बाँडफाँडअन्तर्गत चालुतर्फ ३ लाख २५ हजार र पुँजीगततर्फ ४९ लाख २५ हजार गरी ५२ लाख ५० हजार रुपैयाँ प्राप्त भएकोमा ४३ लाख ४१ हजार रुपैयाँ खर्च भएको छ । आन्तरिक स्रोतबाट चालुतर्फ ४६ लाख र पुँजीगततर्फ ६९ लाख ५० हजार रुपैयाँ बजेट प्राप्त भएकोमा ९० लाख १४ हजार निकासा हुँदा ८७ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ ।