सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८, इपाखहरेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार दिनको साढे ४ बजेको समयमा बिजुलीको पोलमा करेन्ट लागेर ३७ बर्षीय दिक्पाल स्याङ्तानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युतको पोलमा दुई वटा तार जोडिएको देखेपछि छुटाउन खोज्दा करेन्ट लागेर दिक्पालको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी टोली घटनास्थल पुगेर शवका मुचुल्का टोली खटिएको र दिक्पालको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको बताइएको छ ।