वृक्षारोपण कार्यक्रम पश्चात सामुहीक तस्वीर खिचाउँदै ।

हेटौंडाः ७३ औं मदन जयन्ती अन्तर्गत अनेरास्वुवियु मकवानपुर कमिटीले वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । शनिबार हेटौंडा–८ स्थित चन्द्रोदय मावि परिसरमा वृक्षरोपण गरेको संगठन मकवानपुरका सचिव रामचन्द्र भोलनले जानकारी दिनुभयो ।

‘जलवायु संरक्षणका लागि अखिलको प्रतिबदताः एकै दिनमा देशभरै एक ला विरुवा’ भन्ने नारा अन्तर्गत संगठनले मकवानपुरमा पनि वृक्षरोपण गरेको सचिव भोलनले बताउनुभयो । उहाँका अनुसार चन्द्रोदय मावि परिसरमा कपुर, पारिजात, अमला र अम्बाका गरी विभिन्न प्रजातिका २ सयभन्दा बढी विरुवा वृक्षरोपण गरेको छ । वृक्षरोपणका लागि नयाँ सन्देश फैलाउन संगठनले वृक्षरोपण कार्यक्रम गरेको उहाँले बताउनुभयो ।

संगठन मकवानपुरका अध्यक्ष अमृत बर्तौलाको सभाध्यक्ष तथा नेकपा एमालेका प्रदेश सदस्य गोेपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सदस्य सानुलामा दोङ र संगठनका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज भुवन मैनाली लगायतको उपस्थिति रहेको थियो ।