हेटौँडाः माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका मकवानपुरगढी गाउँपालिकाका ४६ जना (१५.३३ प्रतिशत) विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् । गाउँपालिकाका स्रोत शिक्षक दाशरथी उपाध्यायका अनुसार यस वर्ष मकवानपुरगढी गाउँपालिकाबाट ३ सय जना विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

मकवानपुरगढी गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयबाट ३ सय जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । भानु माध्यामिक विद्यालयका २ जना विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन् । यस्तै ए ग्रेड जम्मा ९ जना, बी प्लस ग्रेड २१ जना र बी ग्रेड १४ विद्यार्थीले प्राप्त गरेका छन् । एसईई मौका परीक्षा एक सय ३ जनाले दिन पाउने भएका छन् ।