हेटौँडाः घरायसी विवादमा काभ्रे जिल्लाको बनेपामा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२७ घर भई हाल बनेपा बस्दै आएका ३५ वर्षीय अरूण कुमार यादवले घरायसी विवादका कारण शनिबार राती ९ बजेर ३० मिनेटको समयमा आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका हुन् ।

घाइते यादवको दुवै हात, खुट्टा र छाती जलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । घाइते यादवलाई उपचारका लागि शिरमेमोरियल अस्पताल बनेपा पठाइएको थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको जनाएको छ । प्रहरीले घाइते यादवकी श्रीमती उषादेवी र जुम्ल्याहा दुधे बच्चालाई नियन्त्रणमा लिएर सेफ हाउस पनौती राखेको जनाएको छ ।