मानव बेचबिखन तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम पश्चात सामुहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयमा मानव बेचबिखन तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ । आइतबार बालज्योति स्काउट ट्रुप र रोट्रयाक क्लब अफ हेटौंडाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

सचेतनामूलक कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, सामुदायिक प्रहरी र माइती नेपाल मकवानपुरको सहकार्य रहेको थियो । कार्यक्रममा माइती नेपालका कार्यक्रम संयोजक माया लामाले चेलीबेटी तथा मानव बेचबिखनको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका सुरेन्द्र कोइरालाले ट्राफिक नियमसम्बन्धी जानकारी दिनुभएको थियो । कार्यक्रममा बालज्योति स्काउट ट्रुप, कक्षा ९ र १० का ९५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा रोट्रयाक क्लब अफ हेटौंडाका अध्यक्ष अमृत लामिछाने, बालज्योति स्काउट ट्रुपका सुमित्रा लामा, सामुदायिक प्रहरीका सविना पोखरेल, विद्यालयका प्रधानाध्यापक भरत अर्याललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमपश्चात् विद्यालयमा हरेक महिना एक नयाँ कार्यक्रम गर्दै जाने सहमति भएको बालज्योति स्काउट ट्रुपका अध्यक्ष लामाले बताउनुभयो ।