सांकेतिक तस्वीर ।

हेटौँडाः काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–९, सिन्धुटारमा आगोले पोलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका–७, मईमाछाका ३२ वर्षीय रामकाजी क्षेत्री रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार दिउँसो ३ बजेको समयमा मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वल्डिङ गर्ने क्रममा अचानक वल्डिङ मेसिनमा आगोलागी हुँदा क्षेत्री घाइते भएका थिए । क्षेत्री शरिरको विभिन्न भागमा जलेर गम्भीर घाइते भएपछि उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डे लगिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारको लागि किर्तिपुर बर्न अस्पताल लगिएकोमा आइतबार राति १० बजेर २० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।