हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी मकवानपुरको नवौँ जिल्ला अधिवेशन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहालले अधिवेशन बैशाख १५ र १६ गते हेटौंडामा हुने जानकारी गराउनुभयो ।
अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्य रहने उहाँले जानकारी दिनुभयो । जिल्ला अधिवेशनका लागि ८ र ९ गते स्थानीय तहहरुको अधिवेशन हुने उहाँले जानकारी गराउनुभयो । अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्नेछ ।
जिल्ला अधिवेशनका लागि ८, ९ र १० गते प्रतिनिधि छनोट हुनेछन् । अधिवेशनले दलित, महिला, खुला, मुस्लिम र पेशागतको आधारमा कार्यसमिति चयन हुनेछ । अधिवेशन हेटौंडा–४, रोयल पार्टी प्यालेसमा हुनेछ । अधिवेशनका लागि १७५ सदस्यीय आयोजक कमिटी गठन भएको छ । मकवानपुरमा ३ हजार ५ सय ५५ जना पार्टीका सदस्यहरु रहेको दाहालले जानकारी दिनुभयो ।