हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले ८ कक्षाको वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेको छ । मंगलबार साँझ उपमहानगरपालिकाले नतीजा सार्वजनिक गरेको हो । उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले मंगलबार सार्वजनिक गरेको नतीजाअनुसार ४ सय २२ जना विद्यार्थी अनुत्तिर्ण भएका छन् ।

परीक्षामा ३ हजार ८ सय ९४ जना विद्यार्थी सहभागी भएका थिए । जीपीए ३.६१ देखि ४.० सम्म प्राप्त गर्ने विद्यार्थीको संख्या ४ सय ६९ रहेको छ । जीपीए ३.२१ देखि ३.६० प्राप्त गर्ने ८ सय १९ जना रहेका छन् । जीपीए २.८१ देखि ३.२ प्राप्त गर्ने १ हजार १ सय ४९ जना रहेका छन् । यस्तै जीपए २.०१ देखि २.४० प्राप्त गर्ने विद्यार्थीको संख्या १ सय ८७ रहेका छन् । १.६१ ग्रेडदेखि २.०० जीपीए प्राप्त गर्ने विद्यार्थी २४ जना रहेका छन् । चैत ४ गतेदेखि १० गतेसम्म कक्षा ८ को वार्षिक परीक्षा भएको थियो । उपमहानगरले सार्वजनिक गरेको नतीजामा चित्त नबुझे १० दिनभित्र पुनर्योगका लागि विद्यालयको सिफारिससहित उपमहानगरको शिक्षा विकास महाशाखामा सम्पर्क राख्न आग्रह गरेको छ ।