हेटौंडाः पूर्वी मकवानपुरको बकैया गउँपालिका–४, छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को व्यवस्थापन समितिको अध्यक्षमा परशुराम गौतम निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्बाचनबाट गौतम निर्वाचित हुनुभएको हो ।
गौतमले २० वर्ष सोही विद्यालयमा अध्यापन गराउनुभएको थियो । समिति चयनका लागि शुक्रबार निर्वाचन भएको हो । निर्वाचनमा ७ जनाले सहभागिता जनाउनुभएको थियो । समितिको अविभावकको मतबाट उर्मिला स्याङ्तानले ३३६ मत, मदनकुमार लामा लोप्चनले २८२ मत, मानबहादुर वाइवाले २७६ मत र सीता माझीले २८३ मत प्राप्त गरि सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिस्पर्धीहरु कृष्णहरि कार्कीले १३० मत, सुरज पराजुलीले १३४ मत र सिर्जना स्याङ्तानले १३३ मत प्राप्त गर्नुभएको थियो । निर्वाचित सदस्यरहरुले अध्यक्ष गौतम र सुस्मिता घोरासैनीलाई सदस्यमा मनोनित गरेका थिए । मानोनित सदस्य गौतमलाई अध्यक्षमा चयन गरेसँगै महेन्द्र माविको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको हो । समितिलेको कार्यकाल ३ वर्षको रहनेछ ।