हेटौँडाः भारत र नेपालका टिमको सहभागितामा चितवनमा आयोजना हुन लागेको इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता खेल्न बागमती प्रदेशको क्रिकेट टिम घोषणा गरिएको छ । प्रदेश टिमको कप्तानी मकवानपुरका राम नरेश गिरीले गर्नुहुने भएको छ । प्रशिक्षकको जिम्मेवारी सुधीर महर्जनले पाउनुभएको छ ।

नेपाल क्रिकेट संघ बागमती प्रदेश समितिले शुक्रबार सार्वजनिक गरेको टिममा मकवानपुर जिल्लाको टिम क्याप्टेन सुमन सुनार र शुभ कंशाकार पनि प्रदेश टिममा अटाएका छन् । प्रतियोगितामा बागमती प्रदेशसँगै भरतपुर मेयर–११, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशसहित २ वटा भारतीय टिम सहभागी हुनेछ । भारतको कलकत्ता र लखनउबाट भारतीय टिमको सहभागिता जनाउनेछ । चैत ८ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।