मध्यमाञ्चल पेट्रोलिम ढुवानी व्यवसायी संघको अध्यक्ष दीपक शिवाकोटी ।

हेटौंडाः मध्यमाञ्चल पेट्रोलिम ढुवानी व्यवसायी संघको अध्यक्षमा दीपक शिवाकोटी पुनः निर्वाचित हुनुभएको छ । शिवाकोटी चौथो कार्यकालको लागि निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएको हो ।

शिवाकोटीको नेतृत्वमा संघको २१ सदस्यीय कार्यसमिति चयन भएको छ । पेट्रोलियम ढुवानी संघको बरिष्ठ उपाध्यक्षमा नारायण सुवेदी, उपाध्यक्षमा केशवप्रसाद आचार्य, असगर अलि हवारी र विशाल बखती रहनुभएको छ । महासचिवमा रामचन्द्र लुईटेल चयन हुनुभएको छ । यस्तै, सचिवमा पुष्प मैनाली, सहसचिवमा जलादिन मिया र कोषध्यक्षमा प्रकाश बर्तौला रहनुभएको छ । संघको सदस्यहरुमा रामप्रसाद कालाखेती, देवराज पाण्डे, गौरीकान्त पाठक, क्षेत्र सिं स्याङ्तान, मुराहरिप्रसाद साह, रहमत मियाँ, कृष्णमान श्रेष्ठ र रोहन रहनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको रहनेछ ।