हेटौँडाः आगोले पोलेर घाइते भएकी मकवानपुरको भीमफेदी गाउँपालिका–६, तारगाउँकी पार्वती रम्तेलको मृत्यु भएको छ । गत शुक्रबार बिहान साढे ७ बजेको समयमा घरमै आगो ताप्ने क्रममा आगोले पोलेर पार्वतीको दुबै खुट्टा, पेटमा गम्भीर चोट लागेको थियो ।
शुक्रबार नै हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि पार्वतीलाई थप उपचारका लागि काठमाडौं जिल्लाको कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । बर्न अस्पतालमै उपचारको क्रमममा बुधबार राती ९ बजेको समयमा पार्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।